Sunday, June 28News That Matters

नाली खन्दा बम भेटियो

पूर्णपुष्टि, चैत ९ 

कैलालीको टीकापुरमा नाली खन्दा बम फेला परेकोे छ । टिकापुर नगरपालिका–१ मुनुवा रोडको खाद्य गोदाम नजिक बम फेला परेको हो ।

बाटोको किनारमा जेसिबीले नाली खन्ने क्रममा खाद्य गोदाम नजिकै बम फेला परेको प्रहरीले जनाएको छ । त्यहाँ फेला परेको बम नै भएकाले र निस्क्रिय पार्नका लागि नेपाली सेनाको गोराँगे ब्यारेकलाई खबर गरिसकिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

फेला परेको बम सशस्त्र द्वन्द्वका बेला राखिएको हुनसक्ने आशङ्का गरिएको छ । प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिइसकेको छ ।