
पूर्णपुष्टि,चैत ३
चौदण्डीगढी नगरपालिका–२ माडिवास स्थित न्यूटन एकेडेमीमा निःशुल्क योग शिविर शुरु भएको छ । हिजोदेखि एकेडेमीको आयोजनामा र योग गुरु नविन हाङखिमको प्रशिक्षणमा स्थानीयवासीको निम्ति एक हप्ते योग शिविर सञ्चालन आएको हो ।

योग के हो ? र योगा किन आवश्यक छ भन्ने स्थानीयको जिज्ञासालाई पनि समेट्दै सञ्चालन भइरहेको र त्यतिकै संख्यामा स्थानीय अभिभावकमा उत्सुक्ता देखिएको एकेडेमीका शिक्षक अमर पुमा राईले बताउनुभयो । शिविरमा ५० जना भन्दा बढी स्थानीयवासीको उपस्थिती रहेको छ । योगा विहान ५ बजेदेखि ७ बजेसम्म एक घण्टा सञ्चालन हुने छ ।
योग गुरु हाङखिमले थाईल्याण्ड, कम्वोडिया, सिंगापुर, जापान, भेतनाम लगायतका देशहरुमा योग प्रशिक्षण दिँदै आएका छन् ।

