Sunday, March 16News That Matters

निको भए शिक्षिका बनेर देशको सेवा गर्ने : बोनम्यारो पिडित शान्ति

उदयपुर, माघ २० गते ।

उदयपुरको त्रियुगा नगरपालिका १० बोक्से नयाँबस्तीकी शान्ति राई बिमारीले थलिएको धेरै भयो । भविष्यमा राम्रो शिक्षिका बनेर सेवा गर्ने लक्ष बोकेकी शान्ति, गरीबीका कारण उपचार गराउन नसकेपछि पिडा खपेर घरमै बसिरहेकी हुन् ।

उनी विमारका कारण धापिएर काम गर्न र धेरै हिड्डुल गर्न नसक्ने विरामी शान्ति राईले बताईन् । शान्तिको अझै पनि शिक्षिका बनेर देशको सेवा गर्ने धोको मरेको छैन । निको भए भने एक असल शिक्षिका बनेर देशको सेवा गर्ने विरामी राईले बताईन् ।

कक्षा १२ मा पढ्दै गरेकी २१ बर्षिया शान्तिलाई गएको असारमा ज्वरोले थल्यायो । जिल्लादेखि काठमाडौंका ठूला अस्पतालहरुमा चेकजाँच गर्दा रक्त अल्पता भई बोनम्यारो नै फेर्नुपर्ने समस्या पत्ता लागेको छ । काठमाडौंको टिचिङ हस्पिटलले उनको रोग पत्ता लगाएको हो । सो अस्पतालका हेमोटोलोजिष्ट डाक्टर अन्जन श्रेष्ठले उक्त रोग पत्ता लगाएका थिए ।

लामो समयसम्म रोग पत्ता लगाउन चेकजाँच तथा अस्पतालहरु धाउदा घरबाट धान्नसक्ने खर्च सकियो । घरको जेथामेथाबाट करिब १३ लाख खर्चपछि पत्ता लागेको कडा रोग रक्तअल्पता अर्थात बोनम्यारो फेर्नुपर्ने अवस्थामा खर्चको चरम अभावले विरामी शान्ति, घर बस्नु परेको छ ।

बोनम्यारो फेर्नका लागि भारतमा करिब २५ लाख खर्च हुने चिकित्सकको परामर्शबाट परिवारले जानकारी पाएको छ । अन्य विविध खर्चको हिसाव गर्ने हो भने थप १५ लाख बढि लाग्ने परिवारको अनुमान छ । सम्पत्तिको नाममा एक झुपडी घरमात्र रहेको उनको परिवारलाई यतिका खर्च जुटाउनका लागि कल्पना भन्दा बाहिरको भएको विरामीको बाबु डिगबहादुर राईले बताए ।

स्वास रहुन्जेल आस हुन्छ भन्ने उखान झै यतिबेला परिवार छोरीको जीवन बचाउन सहयोगी मनहरु समक्ष हात फैलाईरहेको छ । सहयोगी हातहरुको खोजीमा परिवार मात्र लागेका छैनन्, गाउँका समाजसेवी तथा अगुवाहरुले शान्ति राई बचाऔं अभियान समिति नै गठन गरी सहयोग जुटाउने अभियान सुरु गरेको शान्ति राई बचाउ अभियान समितिको कोषाध्यक्ष प्रेमकुमार राईले बताए |

उच्च मनोबलका साथ सकेको घरधन्दा र पढाई गरिरहेकी छिन् । तर, घरको नाजुक आर्थिक अवस्था र आप्mनो उपचार खर्च जुट्ने हो कै होइन भन्ने कुराले पिरोलिएकी छिन् ।

शान्तिको अवको एक महिनाभित्रमा खर्च जुटाएर बोनम्यारो फेर्न डाक्टरको सल्लाह छ । तर, एक महिनाभित्र त्यतिका धेरै खर्च कसरी जुटाउने भन्ने परिवारलाई चिन्ता छ । कुनै पनि हालतमा छोरीको उपचार गराउने भन्दै सहयोग संकलनमा जुटेको र सवैलाई सहयोगको अपिल गरीरहेको परिवारले जनाएको छ ।