Tuesday, May 5News That Matters

निजि क्षेत्रसँग प्रस्ताव माग

साउन २९ गते । 

नेपाल भ्रमण वर्ष २०२० को लागि सरकारले निजी क्षेत्रसँग सहकार्यको प्रस्ताव माग गरेको छ । सचिवालयले पहिलो पटक निजी क्षेत्रबाट नेपाल भ्रमण वर्षसँग सहकार्य गर्ने खालका कार्यक्रमको प्रस्ताव माग गरेको हो ।

नेपाल भ्रमण वर्षको उद्देश्यसँग मेल खाने पर्यटन प्रवद्र्धनका कार्यक्रममा निजी क्षेत्रसँग सहकार्य गरिने सचिवालयले जनाएको छ । सभा–सम्मेलन, सेमिनार, अन्तरक्रिया, प्रदर्शनी, मेला, उत्सव–महोत्सव, परिचयात्मक भ्रमण, विशेष जात्रा एवम पर्वजस्ता गतिविधि सञ्चालनमा सचिवायले निजी क्षेत्रसँग सहकार्य गर्ने भएको छ ।

प्रस्ताव पठाउँदा यस्तो कार्यक्रमले दिने योगदानको विषयमा पनि उल्लेख गर्नु पर्नेछ । स्थानीय तहमा हुने कार्यक्रममा निजी क्षेत्रले स्थानिय सरकारहरुबाट पनि अनुमति लिनुपर्ने भएको खण्डमा स्वीकृति वा संलग्नताको पत्र आवश्यक हुने सचिवालयले जनाएको छ ।

सरकारले वार्षिक २० लाख पर्यटक भित्र्याउने  लक्ष्यसहित सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउँदैछ ।