Wednesday, May 21News That Matters

निबन्धमा शिव प्रथम, निता दोस्रो, विनय तेस्रो

पूर्णपुष्टि/मंसीर ४ गते ।

गाईघाट–अन्तराष्ट्रिय बाल दिवसको अवसरमा सोमबार उदयपुरमा एक कार्यक्रमको आयोजना गरी निबन्ध प्रतियोगिताको पुरस्कार वितरण गरिएको छ ।

बालबालिकाहरुको उचित मुल्याङकन हौसाला र क्षमता बृद्धि विकासका निम्ति आयोजना गरेको निवन्ध प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो ।

बालमैत्रि शासन, बाल अधिकारको सम्मान भन्ने शिर्षकको निबन्ध प्रतियोगितामा बिभिन्न बिद्यालयका ३२ जना बिधार्थीहरुले भाग लिएका थिए । जसमा कालिखोला मावि कटारीका शिव पराजुली प्रथम, सो माविकै निता राई दोस्रो र त्रियुगा माविका बिनय थापा तेस्रो भएका थिए । पहिलो दोस्रो र तेस्रो सबैलाई नगद र प्रमाण पत्रको पुरस्कार बितरण गरिएको छ ।

बालअधिकार र उनीहरुको सम्मानका महत्वपुर्ण चार बिद्यालाई बिषेश सुचिमा राखि बालबालिकाहरुलाई आवश्यक रहेका क्षेत्रहरु बाँच्न पाउने अधिकार, बृद्धि विकासका अधिकार, सहभागिताको अधिकार र संरक्षणको अधिकार जस्ता बिषयमा निबन्ध लेख्न आव्हान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले समृद्धि देश निर्माण गर्न पहिले बालबालिकाहरुको संरक्षण हुनु पर्नेमा जोड दिनुभयो । बालबालिका नै भोलिको कर्णधार भएको हुदा अहिलेदेखि नै बालबालिकाहरुलाई संमरक्षण र अधिकारमा पोख्त बनाउनु पर्ने उहाँले बताउनु भयो । श्रेष्ठले स्थानीय चुनाव पश्चात नजिकिरहेको प्रदेश सभा र प्रतिनिधि सभाका चुनाव बालबाकिलाहरुलाई सहभागी गर्न नपाईने बताएका छन् नारा जुलुस भोट माग्ने कार्य र मनोनयन दर्तामा समेत बालबालिकाहरुको प्रयोग गर्न नपाउने उहाँले बताउनुभयो । श्रेष्ठले आचार संहितामै चुनावमा बालबालिकाहरुको सहभागिता गर्न नपाईने बताउदै यस्तो गरेको थाहा पापउने बितिकै फोन गरेर जानकारी दिन आग्रह समेत गरेको छ ।

उदयपुरमा बालबालिकाको अवस्था पारिवारिक वातावरणका समस्याले गर्दा बिभिन्न क्षेत्रहरुमा बाल शोषण भईरहको जिल्ला समन्वय समिति उदयपुरका उपप्रमुख गंगा राईले बताउनुभयो ।