Saturday, April 26News That Matters

निमोनियाले एक बालकको मृत्यु

एस् किराती
चौदण्डिगढी
उदयपुरको चौदण्डिगढी नगरपालिकामा निमोनियाले एक बालकको मृत्यु भएको छ ।
चौदण्डिगढी नगरपालिका ८ धप्पड निकासी १५ वर्षीय विवेक राईको निमोनियाले मृत्यु भएको हो ।
एक हप्ता देखि विरामी बालकलाई लाईफ गार्ड हस्पिटल धरानमा चेक चाज गराएको थियो । उपचार हुन नसकेपछि बालकलाई नोबेल हस्पिटल विराटनगर भर्ना गरीएको बुवा भर्गेलसिंह राईले बताए ।
नोवेल हस्पिटलमा ११ गते बालकको मृत्यु भएको थियो । घरको आर्थीक अवस्था नाजुक भएकोले छोराको ज्यान गएको बुवा राईले बताए ।
उपाचर गर्न ढिलो भएकोले बालकको मृत्यु भएको हस्पिटलले जनाएको छ ।