Monday, June 16News That Matters

निर्मला पन्तकाण्डका बरखास्त सुरक्षाअधिकारीलाई हिरासतमा राख्न सांसदको माग

उदयपुर, मंसीर ९ गते ।

उदयपुरकी प्रदेश सांसद अम्बिका थापाले निर्मला पन्तको बलात्कार तथा हत्याका दोषी अझै पक्राउ नपर्नुमा सरकारको कमजोरी औल्याएकी छिन् ।
लैंगिक हिंसाविरुद्धको १६ दिवसीय अभियानको सुरुवाती स्वरुप आयोजित प्रभातफेरीपछिको कोणसभालाई सम्बोधन गर्दै सांसद थापाले पन्तकाण्डमा सरकारको कमजोरी औल्याएकी हुन् ।

लामो अनुसन्धान भईसकेको र अनुसन्धान अधिकृतहरु समेत कारवाहीमा परिसक्दा पनि दोषी पत्ता नलाग्नु सरकारको कमजोरी औल्याउदै उनले निर्मला पन्त बलात्कार हत्याकाण्डका प्रहरी प्रमुखलाई बरखास्त गरेर मात्र हैन, अन्य आरोपित सरह हिरासतमा राखेर अनुसन्धान गर्न माग गरिन् ।

अभियान सुरुवातस्वरुप उदयपुरको सदरमुकाम गाईघाटमा र्याली भएको हो । लोकतान्त्रिक चौकदेखि सुरु भएको र्यालीले गाईघाट बजार परिक्रमा गरेको थियो । हिँसाविरुद्धको विभिन्न नाराबाजी गर्दै भएको र्यालीमा अभियानकर्मी, कर्मचारी, नागरिक समाज, सुरक्षाकर्मी, संचारकर्मी र सर्बसाधारणको सहभागिता थियो ।

अभियान मुल समितिले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी दिनसम्मको विविध कार्यक्रम सार्बजनिक गरेको छ । दिवस अवधिभर लैंगिह हिंसा विरुद्धको कार्यक्रमहरु जिल्ला भर सञ्चालन हुने जनाइएको छ ।