Wednesday, August 5News That Matters

निर्वाचन सम्बन्धित सूचना कल सेन्टरबाट

पूर्णपुष्टि, कार्तिक २५ गते ।
निर्वाचनसँग सम्बन्धित सूचनाहरू आम सर्वसाधारणसम्म पु¥याउन तथा मतदाता शिक्षालाई प्रभावकारी बनाउन निर्वाचन आयोगले कल सेन्टर सञ्चालन गरिरहेको छ । आयोगले सञ्चालनमा ल्याएको टोल फ्रि नं. ११०२ मा आम सर्वसाधारणले कल गरेर निर्वाचनसँग सम्बन्धित जिज्ञासाहरू राख्न सक्नेछन् । २४ घण्टा नै खुला रहने यो फोन नं. मा बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म आयोगका कर्मचारीले प्रत्येक्ष फोन रिसिभ गरेर प्रश्नकर्ताको जवाफ दिनेछन् भने त्यसबाहेकको समयमा सोधिने प्रश्नहरू स्वतः रेकर्ड हुने व्यवस्था छ । जसको जवाफ पछि कर्मचारीहरूले दिने छन् ।