Sunday, April 19News That Matters

निशूल्क दन्त शिविर

प्रमिला वान्तावा राई
मोरङ, पुस १६ गते ।

मोरङका रमाइलको जनसेवा माध्यामिक विद्यालयमा निशुल्क दन्त शिविर संचालन भएको छ । विद्यालयबाट २०४७ सालमा एसएलसी दिएका भूतपूर्व विद्यार्थीहरुको आयोजनामो निशुल्क दन्त शिविर संचालन भएको हो ।

उक्त विद्यालयमा अध्यनरत विद्यार्थी, शिक्षक तथा अभिभावकहरुका स्वास्थ्यलाई मध्ये नजर गर्दै शिविरको आयोजना गरिएको कार्यक्रम संयोजक उदय सुब्बाले बताए । विपि कोइराला स्वास्य विज्ञान प्रतिस्ठान धरान को सहकार्यमा निस्शुल्क दन्त शिविर भएको सुब्बाले बताए ।

शविरमा विपि कोइराला स्वास्य विज्ञान प्रतिस्ठानको प्रोफेसर डाक्टर आसीस श्रेष्ठ, प्रोफेसर डाक्टर ताराकान्ता भगत लगायतको टोलीले तीन सय भन्दा बढि विद्यार्थीहरुको दन्त सम्बन्धि समस्याको परिक्षण गरेका थिए । भने आवश्यक परामर्श र निशुल्क औषधी समेत वितरण गरिएको सुव्बाले बताए ।

विद्यालयको बालविकास कक्षा देखि १० कक्षा सम्मका विद्यार्थी तथा अभिभावकहरुको दन्त परिक्षण गराई शिविरवाट लाभ लिएको सुब्बाले बताए ।

कार्यक्रममा बोल्दै दाँत वलियो भए मात्रै आँत बलियो हुने, मानिसको सौदर्यतालाई समेत दाँतको जरुरी भएकोेले सवैले आफ्नो दाँतको सुरक्षामा विशेष ख्याल गर्नु पर्ने १ नं प्रदेशका प्रदेश सभा सदस्य सेर्माराज राईले बताए ।

मानिसहरुले शरिरको अन्य अंगलाई जस्तो दाँतलाइ तेति महोत्वका साथ नलिने परिपाटिले गर्दा कुनै बेला ठुलै समस्या सिर्जना हुने भएकोले सवैले दाँतको सुरक्षामा विशेष ध्यान दिन विपि कोइराला स्वास्य विज्ञान प्रतिस्ठानको प्रोफेसर डाक्टर आशिष श्रेष्ठले सुझाएका थिए ।