
पूर्णपुष्टि, वैशाख ३० ।
निशेधाज्ञ अटेर गर्नेलाई उदयपुर प्रहरीले कारवाही गरेको छ । निशेधाज्ञ तोडेर सञ्चालन हुने सवारी साधन र मास्क नलगाई हिड्डुल गर्नेलाई कारवाही गरेको हो ।
जिल्ला प्रहरी प्रमुख एसपी भीम दाहालका अनुसार हालसम्म ६ सय ११ वटा सवारी साधन कारवाही परेका छन् भने ११ जनालाई मास्क नलाएकोमा कारवाही गरिएको छ । अनावश्यकरुपमा हिड्डुल गर्ने ९ सय ४३ जनालाई सम्झाई बुझाई सचेत गराइएको छ । उदयपुर प्रहरीले जिल्लाभर नै जनचेतना कार्यक्रम तथा माइकिङ ब्यापक बनाएको जनाएको छ ।
