
पूर्णपुष्टि, वैशाख १६ ।
देशमा फेरी कोरोना संक्रमणले उग्ररुप लिदै जाँदा वित्तिय तथा बैंकिङ सेवालाई सुरक्षित र व्यवस्थित बनाउन राष्ट्र वैंक र बैंकरबीच छलफल भएको छ । छलफलबाट राजधानी उपत्याकासहित निषेधाज्ञा लागेका जिल्लाहरुका बैंक तथा वित्तीय संस्थाहरु दिनमा चार घण्टा मात्र खुलाउने समझदारी बनेको छ ।
विहान १० देखि दिउसो २ बजेसम्म शाखा खोल्ने र त्यस समयमा उच्चतम् कोरोनाप्रतिको सतर्कता अपनाउने सहमति बनेको जनाइएको छ । संक्रमणको अवस्था र ग्राहकहरुको भिडलाई आधार मानेर थप आवश्यक निर्णय लिने पनि जनाइएको छ ।
बैंकका सबै एटिएम सञ्चालन हुने र सकेसम्म अनलाईन कारोवार गर्न जोड दिइनेछ । बैंकहरुले सकभर सर्बसधारणलाई अनलाईन कारोवार गर्न प्रोत्साहित गर्ने भएको छ ।
हाल उदयपुरमा सबै बैंकहरू नियमित समयमा नै सञ्चालनमा रहेका छन् । जिल्ला निषेधाज्ञकाे अवस्थामा नरहेकाले उच्च सतर्कताका साथ बैंक सञ्चालन नियमितरूपमा रहेकाे सिद्धार्थ बैंक शाखा गाइघाटका प्रवन्धक सुनिल पाेखरेलले बताउनुभयाे ।
