Wednesday, May 13News That Matters

नेकपाका युवा र विद्यार्थीको सिमामा काँडेतार लगाउन माग

पूर्णपुष्टि, बैशाख २८ गते । 

सरकारसँग सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा र विद्यार्थी संगठनले नेपालको सिमानामा काँडेतार लगाउन माग गरेको छ । राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूले सिमाना रक्षा गर्न सुरक्षा फौजको साथै काँडेतार लगाएर घेराबेरा  गर्न आज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई ज्ञापनपत्र बुझाउँदै आग्रह गरेको हो ।

सरकारलाई पटक–पटक आईरहने सीमा समस्या दीर्घकालीन रुपमा हल गर्न उच्च तहबाट निर्णायक पहल गर्न आग्रह गरेको थियो ।

गत मंसिरमा भारतले नेपाली भूमिसमेत समेटेर सार्वजनिक गरेको नक्सा खारेजी गर्न र वैशाख २६ गते भारतले नेपाली भूमि अतिक्रमण गरी बनाएको सडक सञ्चालन रोक्न तत्काल कुटनीतिक पहल चाल्न संगठनले सरकारको ध्यानाकर्षण गराएको छ ।

ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्रि ज्ञवालीले सीमा समस्या समाधान गर्न सरकारले कुटनीतिक पहल गरिरहेको बताएका छन् ।