Sunday, June 21News That Matters

नेता थापको स्वास्थ्यमा सुधार आएन, अवस्था गम्भीर

पूर्णपुष्टि, जेष्ठ १८

बिवेकशिल साझा पार्टीका नेता तथा पूर्व संयोजक उज्जल थापाको स्वास्थ्य अवस्था गम्भीर भएको छ । हाल भेन्टीलेटरमा राखेर उपचार भईरहेको थापाको हाल सम्म स्वास्थ्य स्थितिमा सुधार आएको छैन् ।

कोरोना भाइरसको संक्रमण भएपछि उनलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो । त्यहाँबाट ग्राण्डी अस्पताल रिफर गरिएको थियो । ग्राण्डीबाट इक्मो प्रविधि अन्तरगत उपचारका लागि उनलाई मेडिसिटीमा लगिएको थियो । थापाको अहिले पनि ‘मेडिसिटी अस्पतालमा इक्मो प्रविधिबाट उपचारको प्रयास भए पनि सुधार नआएको डाक्टर विष्णु दवाडीले जानकारी दिए । ‘मेडिसिटी अस्पतालमा इक्मो प्रविधिबाट उपचारको प्रयास भए पनि सुधार आएको छैन ।’ हाल थापाको स्वास्थ्य अवस्था स्थिर रहेको उनले डाक्टर दवाडीले भने ।