
पूर्णपुष्टि/उदयपुर, पुस २७ गते ।
चाहाना मिडिया प्रालिले आगामी बैशाख १५ गते नेपालकै ठूलो र पृथक “नेपाल म्यूजिक अवार्ड” गर्ने जनाएको छ । सोको लागि कलाकार तथा सर्जकका लागि फारमसमेत खुलाइसकिएको जनाइएको छ । कुल ४१ विधामा अवार्ड गर्न लागिएको छ । नेपाली सांगीतिक क्षेत्रमा स्वस्थ प्रतिष्पर्धात्मक संस्कृतिको विकास गर्न अवार्ड आयोजना गरिएको नेपाल म्यूजिक अवार्ड आयोजक कमिटीका संयोजक सहदेव कोइरालाले बताउनुभयो ।
काठमाडौँको होटल अन्नपूर्णमा हुने कार्यक्रममा नेपाल म्यूजिक अवार्ड २०७५ को प्रचारप्रसार एवं समाचार सम्प्रेषणलाई मूल्यांकन गरेर केही पत्रकारलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
फारम भर्ने र त्यसका प्राविधिक पाटो निकै सहज रहेको अवार्ड साइट डेभलपर संजिव बर्माले बताउनुभयो । अहिलेसम्म भएका अवार्डमा जजिङ, भोटिङलगायतका सबै प्रकृति एउटै हुने गरेका छन् । तर, नेपाल म्यूजिक अवार्डमा भने ती सबै काम ‘डिजिटल्ली’ हुने जनाइएको छ ।