
पूर्णपुष्टि, बैशाख ३१ गते ।
नेपालमा अहिलेसम्म २ सय १९ जनामा कोरोना भाईरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । जसमध्ये सवै भन्दा बढी संक्रमित पर्सा जिल्लामा देखा परेको हो ।
पर्सामा ८२ जना, धनुषा ३ जना, बारा ३ जना, रौतहटमा ३ जना, महोत्तरीमा २ जना, सर्लाहीमा २ जना र सप्तरीमा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै उदयपुरमा ३२ जना, झापामा २ जना, भोजपुरमा १ जना, कपिलवस्तुमा ३० जना, बाँके २५ जना, रुपन्देही १६ जना, बर्दीयामा १ जना, काठमाण्डौ ४ जना, भक्तपुरमा २ जना चितवनमा २ जना, धादिङ १ जना, कैलालीमा ४ जना, कन्चनपुरमा १ जना र बाग्लुङमा २ जना गरी २ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
अहिलेसम्म संक्रमित भएका मध्ये ३५ जना निको भएर अस्पतालबाट डिस्चार्ज भईसकेको मन्त्रालयले जनाएको छ ।
