Monday, February 17News That Matters

नेपालको टी–२० विश्वकप सपना सपनामै सिमित

साउन १२ गते ।

नेपालको टि–२० विश्वकप खेल्ने सपना अधुरो रहेको छ । आईतबार भएको खेलमा सिंगापुरले नेपाललाई ८२ रनले पछि पर्दै हित हात पारेपछि नेपालको विश्वकप खेल्ने समना अधुरो रहेको हो ।

सिंगापुरले नेपाललाई हराउदै एसिया फाइनलको उपाधि जितेनका छन् भने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ ।

१९२ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्र बनाएको थियो ।  कप्तान पारस खड्का १२ रनमा आउट भए थिए भने ज्ञानेन्द्र मल्लले २१ बलमा ३९ रन बनाएको थियो । मल्ल दोस्रो विकेटका रुपमा आउट हुँदा नेपालको स्कोर ५४ रन थियो । त्यसपछि नेपालले विकेट गुमाइरहहेका थियो ।

दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीका जोडीको आशा थियो । तर दुबै जोडीले सातौं विकेटका लागि ३१ रनको साझेदारी पुरा नभई कनै १३.२ ओभरमा सोमपाल रनआउट भएको थियो । दिपेन्द्र सिंह ऐरीले २३ रन बनाए भने सोमपाल कामीले ११ रन जोडे । अरु ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । सिंगापुरका सेलेडोर भिजयकुमारले चार विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९१ रन बनाएको थियो । दोस्रो विकेटका लागि रोहन रंगराजनसँग ८९ रनको साझेदारी गरेका उनले तेस्रो विकेटका लागि मनप्रित सिंहसँग ६६ रनको अर्को महत्वपूर्ण साझेदारी गरेको थियो । डेभिड ७७ रनमा आउट भएका थिए भने रोहन ४९ र मनप्रितले ४२ रन जोडेका थिए ।

नेपालका स्पीनरद्वय बसन्त रेग्मी र सन्दीप लामिछाने निकै महंगो सावित भए । चार ओभर बलिङ गरेका बसन्तले ५४ रन बनाए भने सन्दीपले ३ ओभरमा ३४ रन खाए । अभिनाश बोहोराले ४ ओभरमा ३५ रन दिएर ४ विकेट हात पारे भने करण केसीले २६ रन खर्चिए र २ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा १५ रन खर्चिए ।