Friday, June 19News That Matters

नेपालको शानदार जित, ओमान ८४ रनले पराजित

पूर्णपुष्टि,वैशाख । एसिसी मेन्स प्रिमियर क्रिकेट कपअन्तर्गतको दोस्रो खेलमा नेपालले ओमा माथि शानदार जिन निकालेको छ । कीर्पिपुरस्थित शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानमाथि ८४ रनको शानदार जित हात पारेको हो ।

नेपालको जितमा कुशल मल्लले कुल १०८ रन बनाएका उनले ६९ बलमै शतक बनाएका हुन् । आफ्नो एकदिवसीय करियरकै पहिलो शतक प्रहार गरेका उनी नेपालका लागि एकदिवासीय अन्तर्राष्ट्रियमा छिटो शतक प्रहार गर्ने खेलाडीको कीर्तिमान पनि बनाएका छन्। शतक हान्ने क्रममा उनले ९ चौका र १० छक्का प्रहार गरे ।

यस्तै सोमपाल कामीले पनि उत्कृष्ट ब्याटिङ गर्दै ६३ रनको योगदान गरे । ४८ बल खेलेका उनले ९ चौका प्रहार गरे। भीम सार्कीले ३३ रन बनाउँदा आरिफ शेख र करण केसीले समान २९ रन जोडे । जवाफी ब्याटिङ गरेको ओमानले ओभरमा विकेटको क्षतिमा रन मात्र जोड्न सक्यो । ओमानका लागि महोमद नदिमले सर्वाधिक ६५ रन बनाए। सन्दीप गौडले ४६ रन बनाउँदा ओपनर कक्षेप प्रजापतिले २५ रन जोडे।

नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान ३ विकेट लिए। आजको खेलमा विकेट लिएसँगै सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रियमा छिटो सय विकेट लिने खेलाडीको कीर्तिमान पनि बनाएका छन्। यसअघि यो कीर्तिमान अफगानिस्तानका रसिद खानको नाममा थियो ।

रसिदले ४४ खेलबाट सय विकेट लिएका थिए। सन्दीपले भने ४२ खेलबाटै सय विकेट लिँदै कीर्तिमान बनाएका हुन्। अब नेपाल अर्को खेल वैशाख ११ गते साउदी अरबसँग खेल्ने छ। खेल मुलपानी क्रिकेट मैदानमा हुने छ।

४६.३ ओभरमा ९ विकेट गुमाएको ओमानका ११ औं नम्बर ब्याट्सम्यानले चोटका कारण ब्याटिङ गर्न नआएपछि ओमान २२६ रनमा अलआउट भएको थियो । प्रतियोगिता वैशाख ५ देखि वैशाख १८ सम्म कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा हुनेछ।