Thursday, May 28News That Matters

नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, बैशाख २१ गते

नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा थप छ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

नेपालगञ्ज–८ का १६, २१, ३४ वर्षीय पुरुष र ४०, ५५, ६० वर्षीया महिलाहरुमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसअघि आज नै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो । केही दिनअघि मात्रै नेपालगञ्जमा ६० वर्षीया एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

ती ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो । तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।