
पूर्णपुष्टि, कात्तिक ६
नेपालमा कोरोना सङ्क्रमण मुक्त हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजार २ सय १५ जना उपचारपछि निको भएर डिस्चार्ज भएसँगै निको हुनेको कुल सङ्ख्या १ लाख २ हजार ८ सय २० पुगेको हो ।
त्यस्तै गत २४ घण्टामा ३ हजार ६ सय ३७ मा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
अब नेपालमा ४४ हजार ८ सय ७७ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । त्यस्तै ३ हजार ७ सय ५१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै गत २४ घण्टामा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ८ सय १२ पुगेको मन्त्रालयले जनाएको छ ।
