
पूर्णपुष्टि, चैत ९
नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
४ हजार ४ सय ७२ जनाको पीसीआर परीक्षण गर्दा एक सय ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा अहिलेसम्म दुई लाख ७६ हजार ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै गत २४ घण्टामा ९९ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार २० पुगेको छ । अहिले नेपालमा एक हजार १७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
त्यस्तै आज थप तीन जनाको कोरोनाबाट मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार १९ पुगेको छ ।
