
पूर्णपुष्टि, चैत १०
नेपालमा आज थप १ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४ हजार ३२ जनाको नमुना परीक्षण गर्दा १ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार २४४ पुगेको छ । तीमध्ये मंगलबार थप ७७ जना निको भएसँगै निको हुनेको संख्या २ लाख ७२ हजार ९७ जना पुगेको मन्त्रालयले जनाएको छ ।
अहिले देशभर १ हजार १ सय २८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । अहिलेसम्म नेपालमा कोरोनाबाट ३ हजार १९ जनाको मृत्यु भईसकेको छ ।
