Sunday, June 28News That Matters

नेपालमा थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु

पूर्णपुष्टि, असार १७

नेपालमा आज थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

गत असार १४ गते अछामका ४५ वर्षका एक जना पुरूषको मृत्यु थियो । अछामको बयलपाटा अस्पतालमा भएको मृत्युपछि लिएको स्वाबमा असार १६ गते कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । उक्त संक्रमित मध्ये ४ हजार ६ सय ५६ जना उपचारपछि निको भएका छन् भने ३० जनाको मृत्यु भईसकेको छ ।