
पूर्णपुष्टि, असोज १८
नेपालमा आज थप २ हजार २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ८६ हजार आठ सय २३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप एक हजार तीन सय २९ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ६४ हजार ६९ पुगेको छ ।
अव नेपालमा २२ हजार दुई सय १९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार दुई सय तीन जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै गएको २४ घण्टामा सात जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच सय ५३ पुगेको मन्त्रालयले जनाएको छ ।

