Monday, June 22News That Matters

नेपालमा थप २५५९ जनामा कोरोना सङ्क्रमण पुष्टि

बैशाख १० 

नेपालमा थप दुई हजार पाँच सय सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा आठ हजार सात सय ९८ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार चार सय ४९ जना र आठ सय ६६ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय १० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

थपिएका सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ९४ हजार ६ सय एक पुगेको छ ।

त्यस्तै गत २४ घण्टामा चार सय १० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७६ हजार सात सय ५५ पुगेको छ ।

गत २४ घण्टामा पाँचसहित अहिलेसम्म कोरोना सङ्क्रमणबाट तीन हजार एक सय २२ जनाले ज्यान गुमाएका छन् । अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार सात सय २४ रहेको छ ।