
पूर्णपुष्टि, साउन २०
आज नेपालमा थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २१ हजार ९ पुगेको हो ।
त्यस्तै गत २४ घण्टामा उक्त संक्रमितमध्ये ६५ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा उपचारपछि निको हुनेको संख्या १५ हजार २६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५८ पुगेको मन्त्रालयले जनाएको छ ।
