Monday, June 22News That Matters

नेपालमा थप ३१२२ जनामा कोरोना सङ्क्रमण पुष्टि

बैशाख १२ 

नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार एक सय २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

नौ हजार दुई सय ९२ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार ३२ जना र सात सय ८६ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जना गरी तीन हजार एक सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज कोरोना पुष्टि भएका सङ्क्रमितमध्ये एक हजार चार सय ९८ जना काठमाण्डौ उपत्यकाका रहेका छन् ।

पछिल्लो २४ घण्टामा चार सय ५० जना डिस्चार्ज भएसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७७ हजार पाँच सय ७३ पुगेको छ ।

त्यस्तै गत २४ घण्टामा २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार एक सय ६४ पुगेको मन्त्रालयले जनाएको छ ।