
पूर्णपुष्टि, साउन २६
नेपालमा आज थप तीन सय ३८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या २३ हजार ३ सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा एक सय ४० जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै कोरोना जित्नेको सङ्ख्या १६ हजार चार सय ९३ पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा १ सय ४० जना उपचारपछि कोरोना मुक्त भएर घर फर्केका छन् । योसँगै १६ हजार ४ सय ९३ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।
यस्तै गत २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७९ जना पुगेको छ ।
