Monday, June 22News That Matters

नेपालमा थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, चैत २५

वितेको २४ घण्टामा नेपालमा थप तीन सय ३९ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

वितेको २४ घण्टामा देशभर चार हजार एक सय नमुनाको पीसीआर परिक्षण गर्दा दुई सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी एक हजार ४० एन्टीजेन टेष्ट (परिक्षण) गर्दा ४१ जनामा  कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

वितेको २४ घण्टामा ७४ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हाल देशभर दुई हजार दुई सय एक संक्रिय संक्रमित रहेकाछन् ।