Saturday, June 20News That Matters

नेपालमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमण संख्या ९ पुग्यो

 पूर्णपुष्टि/चैत्र,२२

नेपालमा पनि दिनानु कोरोना संक्रमण व्यक्तिहरु फेला पर्न थालेको छ । कैलाली र कन्चनपुरमा थप ३ जना कोरोना संक्रमित व्यत्तिहरु फेला परे सँगै नेपालमा पनि यसको सख्या ९ पुगेको छ ।

संक्रमित भारतको मुम्वाइबाट फर्किएका २१ बर्षिय पुरुष र अर्का एक जना पनि भारतको उत्तारखण्ड बाट फर्किएका ४१ बर्षिय पुरुष नै रहेको छ । भने अर्को एकजनामा भने स्थानीय ३४ बर्षिया महिला रहेकी छिन् । ति महिला यस अघि कैलालीमै संक्रमित भएका पुरुषको आफन्त रहेको जनाएको छ ।  सरकारले नेपाल लकडाउन गरेको अवस्था छ ता पनि यसको संख्याले बढ्दो गति लिरहेको अवस्था छ । स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजबाट यो पछिल्लो ३ जनाको विवरण सार्वजनिक गरिएको छ ।

फ्रान्सबाट आएकी १ महिला पहिलो संक्रमणको रुपमा देखिएको कोरोना आज सम्म संक्रमितको संख्या ९ पुगेको हो । अहिले सम्म बाहिर बाटमात्रै संक्रमण आइरहेको अवस्थामा संक्रमित ३ मध्ये पहिलो पटक नेपालमै एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमाण फैलिएको पनि मन्त्रालयले जनाएको छ ।

संक्रमित मध्ये २ जना बाहिर बाट आएको हो भने एक स्थानीयमा पनि सरेको जनाइएको छ । बढी जसो बाहिर बाट आउनेहरुमा देखिएको कोरोनाको केशहरु पहिलो केश फ्रान्सको थियो । भने अन्य ८ जना पनि बाहिर बाटै आएको थियो । अहिले पछिल्लो संक्रमितहरु पनि भारत बाट आएको बताइएको छ ।