Friday, May 22News That Matters

नेपालमा थप ७०७ जनामा कोरोना सङ्क्रमण पुष्टि

पूर्णपुष्टि, भदौ ४

नेपालमा आज थप सात सय सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २९ हजार ६ सय ४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा दुई सय ६३ जना उपचारपछि निको भएर डिस्चार्ज भएको छ । योसँगे निको हुनेको सङ्ख्या १७ हजार नौ सय ६४ पुगेको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या एक सय २६ पुगेको मन्त्रालयले जनाएको छ ।