
पूर्णपुष्टि, फागुन १७
नेपालमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार दुई सय १६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै गत २४ घण्टामा थप तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार सात सय ७७ पुगेको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा थप ६४ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको संख्या दुई लाख ७० हजार चार सय ७१ जना पुगेको मन्त्रालयले जनाएको ।
अहिले नेपालमा नौ सय ६८ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।

