
पूर्णपुष्टि, असोज १८
नेपालमा साइबर अपराध तथा ठगी गर्ने एक जना पक्राउ परको । भारतको दार्जीलिङ्मा बसेर नेपालमा साईबर अपराध गरेको अभियोगमा जुम्लाका २४ वर्षीय पसल रोकाया पक्राउ परेको हो ।
रोकायालाई पक्राउ गरेर काठमाडौंतर्फ ल्याइँदै गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रोकायाका विभिन्न साइबर अपराधका घटनामा मुछिएका छन् ।
रोकाया पछिल्लो समय भारतको दार्जिलिङमा बसिरहेको थियो । त्यहीँबाट नेपालमा साइबर अपराध गरेको अभियोग उनीमाथि लागेको प्रहरीले जनाएको छ ।
उनले कसैलाई नर्स बनाउने भन्दै यौन दुर्व्यवहार गर्ने गरेको पनि आरोप छ । उनले भिडियो बनाएर ब्ल्याकमेल गर्ने गरेको पनि पाईएको प्रहरीले जनाएको छ ।
काठमाडौं ल्याएर थप अनुसन्धान थाल्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।

