Friday, February 7News That Matters

नेपालले कोप २४मा जलवायु परिवर्तनको मुद्दा उठाउने

कोप २४ सम्मेलनमा नेपालले हिमालय क्षेत्रमा परेको जलवायु परिवर्तनको असरको मुद्दा उठाउने भएको छ ।

पोल्याण्डमा आइतवार देखि शुरु हुने जलवायु परिवर्तन सम्बन्धी कोप २४का सम्मेलनमा नेपालले हिमालय क्षेत्रमा परेको असरको मुद्दालाई मुख्य विषयको रुपमा उठाउने भएको हो ।

राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी महासन्धीको २४ औँ सम्मेलनमा नेपालको राष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा नेपाली टोली सहभागीहुने भएको जनाएको छ । नेपालमा पनि अव बन्ने विकास निर्माणको योजनाहरूमा कार्बन उत्सर्जनलाई कम गर्ने विषेश प्रणालीहरूको व्यवस्था गर्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन् ।

सम्मेलनमा जलवायु परिवर्तनका कारण हिमालयका हिमशिखर पग्लेर काला पत्थर निस्कने हिमतालहरू भरीने वा सुक्ने जस्ता असरहरू देखिन थालेको विषयमा कुरा उठाइने जनाईएको छ । भने सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारी र वन तथा वातावरण मन्त्री शक्ति बस्नेत सहितको टोली सहभाथि हुने भएको छ ।

गत वर्षहरुमा पनि नेपालले जलवायु परिवर्तनको असर सम्बन्धि आवाज उठाउँदै आएकोमा यस वर्षको सम्मेलनमा अत्यधिक प्रभावित मुलुकका पक्षमा आवाज उठाउने जनाईएको छ ।

नेपालको हिमशिखरहरू पग्ली काला पत्थर निस्कने, बाढी पहिरोले तल्लो भेगको नेपालीहरूको ठूलो मात्रामा धनजनको क्षति हुने गरेको विषयमा कुरा उठाउने पोल्याण्ड पुगेका वन तथा वातावरण मन्त्रालय जलवायु परिवर्तन महाशाखाका प्रमुख महेश्वर ढकालले बताए ।

पूर्ण तयारी नगरि सम्मेलनमा सहभागिता जनाउने भएकोले विषय राम्रो भपनि नेपालको प्रस्तुति प्रभावकारी नहुने गरेको विज्ञहरू बताउँछन् । नेपालमा राष्ट्रिय गौरवका विकासको पूर्वधारको योजनाका कारण वातावरणमा पर्ने असरको बारेमा सचेत हुनु पर्ने विज्ञहरुको बुझाई रहेको छ ।

सडक, विमानस्थल जस्ता राष्ट्रिय गौरवको विकास निमार्ण गर्दा कार्बन उत्सर्जन गरि हरियो वन जंगलको संरक्षण गर्नु पर्ने महत्व पूर्ण पाटो रहेको छ ।