Thursday, May 21News That Matters

नेपाली आफ्नै खर्चमा कोरिया फर्किन पाउने

पूर्णपुष्टि, बैशाख १६ गते ।

कोरियाबाट विदामा घर फर्केका नेपालीलाई सरकारले आफ्नै खर्चमा जान चाहेमा विमान चार्टर गरेर पठाउने भएको छ ।

दक्षिण कोरियामा काम गर्ने अनुमति प्राप्त वैध प्रवेशाज्ञा भएका तर बिदामा घर आएर अहिले नेपालमै रहेकाहरु कोरिया फर्किन पाउनेछन् ।

यसरी जान चाहनेहरुले स्वास्थ्य परीक्षण गराइ आफ्नै खर्चमा जान अनुमति दिइने प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।

कोरियन भाषा परीक्षा (ईपीएस) उत्तीर्ण गरेर रोजगारीको लागि कोरिया जाने प्रक्रियामा रहेका तर सम्झौता पत्रमा हस्ताक्षर गर्न नपाएकाले लकडाउन खुलेपछि हस्ताक्षर गर्न पाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

बिदामा कोरियाबाट स्वदेश फर्केका तर लकडाउनका कारण कोरिया फर्किन नपाउँदा भिसाको म्याद सकिएकाहरुले पनि म्याद थपको लागि निवेदन दिन सक्नेछन् ।