पूर्णपुष्टि, मंसिर २८
चिन सरकारको लगानीमा चिनमैत्री तथा विकास मन्च उदयपुरलाई एम्वुलेन्स प्रदान गरिएको छ । नेपाल स्थित राज दुदावास मार्फत उक्त एम्वुलेन्स प्राप्त भएको हो । एम्वुलेस सेवाको उद्घाटन नेपाल सरकारका परराष्ट्रमन्त्री डा.नारायण खड्काले गरेका छन् ।
खड्काकै पहलमा एम्वुलेस प्राप्त भएको हो । चिन सरकारले यस भन्दा पहिले पनि उक्त मन्चलाई जापान बाट लाईनकुर्जा गाडी प्रदान गरेका थिए । सोही गाडीलाई एम्वुलेन्सको रुपमा प्रयोग गरिएको मन्चका अध्यक्ष बिरेन्द्र बस्नेतले जनाए । त्यो गाडी दुर्घटना भएर भग्नासेस अवस्थामा रहेपछि हाल चिन सरकारले नै उक्त एम्वुलेन्स प्रदान गरेको बस्नेतले जनाए ।
बस्नेतका अनुसार उक्त एम्वुलेन्स प्रशासनको रेड अनुसार संञ्चालन गरिने जनाए । सेवामुखी एम्वुलेन्स भएका कारण विरामीहरुको आर्थिक अवस्था अनुसार कतिपयलाई निशुल्क सेवा प्रदानमा पनि सहयोग पुराउने बस्नेतले जनाए । उक्त मंन्चले शिक्षा, स्वास्थ्य लगायत अन्य सामाजिक क्षेत्रहरुमा पनि सहयोग पुराउँदै आएको छ ।
