Monday, June 22News That Matters

नेपाल पत्रकार महासंघ उदयपुरले ५ बेडको आईसोलेसन तयार गर्ने

पूर्णपुष्टि, बैशाख २६

नेपाल पत्रकार महासंघ उदयपुर शाखाले ५ बेडको आईसोलेसन निर्माण गर्ने भएको छ । कोरोनाको संक्रमण जिल्लामा पनि अति जोखिम बन्दै गएपछि  यसको नियन्त्रण तथा रोकथाममा सहयोग पुगाउने हिसावले आईसोलेसन तयार गर्न लागिएको हो ।

कोभिड १९ को संक्रमण दिनदिनै बढ्दै गएकाले संभावित जोखिमा पर्न सक्ने पत्रकारहरुलाई सुरक्षित ढंगले राख्नको लागि ५ वेड क्षमताको आईसुलेशन तयारी गर्ने निर्णय गरिएको छ । यता कोरोना संक्रमण दिनदिनै बढ्दै गएकाले पत्रकारहरुलाई स्वास्थय सुरक्षा सामाग्री उपलब्ध गराउने तयारी समेत गरिने निर्णय गरिएको नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले जानकारी दिनु भयो ।

आईसुलेसन तथा स्वास्थ्य सुरक्षा सामाग्री सहितको व्यवस्थापन तथाका लागि महासंघले उपाध्यक्ष पर्शुराम थापा उपाध्यक्ष गंगा राई र कोषाध्यक्ष गणेश उप्रेती संयोजक रहेको छुट्टा छुट्टै तीन उप समिति गठन गरेको छ ।

यता कोभिड १९ बाट प्रभावित पत्रकारहरुलाई राहात तथा सहयोगका लागि महासंघले विपद कोष समेत स्थापना गर्ने निर्णय गरेको छ । महासंघको कोषमा कुनै पनि बजेट नरहेकाले तत्काल विपद प्रतिकार्यको लागि तयारी रहनका लागि विपद कोष स्थापना गरिएको महासंघका उपाध्यक्ष पर्शुराम थापाले जानकारी दिनु भयो ।

विपद कोषमा पत्रकार महासंघका शुभचिन्तक तथा सुभेच्छुकहरुबाट प्राप्त स्वेच्छिक सहयोग संकललन गरेर तत्कालको लागि विपद कोष स्थापना गर्ने निर्णय गरिएको उपाध्यक्ष थापाले जानकारी दिनु भयो ।