पूर्णपुष्टि,पुष १५ । नेपाल मगर संघ प्रदेश नं १ को दोस्रो अधिवेशन उदयपुरमा गरिएको छ । शुक्रबार पहिलो चरणको खुल्ला सत्र कार्यक्रम सकिएको छ । प्रदेश नं १ भरीका मगरहरुको उपस्थितिमा उदयपुर स्थित ढिम्की मन्दीरमा खुल्ला सत्र कार्यक्रम भव्य भएको हो । उक्त कार्यक्रममा र्याली तथा सांस्कृतिक कार्यक्रमहरु गरिएको आयोजकले जनाएको छ । अधिवेशनमा १४ जिल्लाहरुबाटै मगर समुदायको सकृया सहभागिता रहेको थियो ।
मगर भाषा संस्कार र पहिचान, सभ्य सुसंस्कृत समाज निर्माण हाम्रो अभियान भन्ने मुल नाराको साथ अधिवेशन गरिएको हो । यस अधिवेशनले संस्थाको हितमा काम गर्ने र नयाँ प्रतिनिधि चुन्ने आयोजकको विश्वास छ । उपस्थित सबै जिल्लाबाट एक महिला सहित २ पुरुष प्रतिनिधी पठाईने र १३६ पालीका समेत गरेर दुई–दुई जना प्रतिनिधि पठाइने नेपाल मगर संघ प्रदेश १ का अध्यक्ष तेज कुमार आलेले बताए । आलेका अनुसार बन्द सत्रमा विधानमा रहेर प्रदेश नं १ का लागि समितिमा प्रवेश गर्न प्रकृयागत रुपमा अघि बढ्ने छन् ।
खुल्ला सत्रको सम्पूर्ण कार्यक्रम सकिए सँगै बन्द सत्रका लागि रत्न होटल बोक्सेमा तयारी भैरहेको छ । वन्द सत्रले नेतृत्व चयन भोली (सनिवार) गर्ने जनाएको छ ।
