
पूर्णपुष्टि, फागुन २६
आज सेयर बजार परिसूचक नेप्से ३.४ अंकले घटेको छ । दोस्रो बजारमा कारोबार भएका १२ उपसमूहमध्ये ७ वटा सूचक बढे पनि लघुवित्त र जीवन बिमा उपसमूह नेगेटिभ बन्दा बजार झिनो अंकले घटेको छ ।
यसले बजारलाई ‘पर्ख र हेर’को अवस्थाको संकेत गर्छ । मंगलबारको तुलनामा आज कारोबार रकम ६५ करोडले घटेर ४ अर्ब १० करोडमा सीमित भएको छ ।
२ सय ५ कम्पनीको ७८ लाख १६ हजार १४ कित्ता सेयर ४६ हजार ९४ पटक दोस्रो बजारमा कारोबार भएको थियो । मंगलबार दोस्रो बजारमा १२ करोड ४८ लाख २४ हजार कित्ता सेयर ५२ हजार ५९१ पटक खरिद बिक्री भएको थियो ।
लगानीकर्ताहरुको खरिद बिक्री चाप बुधबार नेपाल टेलिकम, पूर्वाधार विकास बैंक र अरुण भ्याली हाइड्रोपावर कम्पनीको सेयरमा रह्यो । चन्द्रागिरी हिल्स, नेपाल आइड्रो डेभलपर्स र घलेम्दी हाइड्रो डेभलपर्स कम्पनीका सेयरधनी बजारमा धेरै कमाउने लगानीकर्ता रहे भने रैराङ हाइड्रोपावर, मिथिला लघुवित्त वित्तिय संस्था, शिखर इन्स्योरेन्सका लगानीकर्ताको बजारबाट ४ प्रतिशतसम्म नोक्सानी ब्यहोरेको छ ।
