Monday, February 17News That Matters

नेशनल लाईफको ३२ औँ बार्षिकोत्सव

विक्रम राई

उदयपुर, फागुन १० गते

 

नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड गाईघाट शाखाले ३२ औँ बार्षिकोत्सव शुक्रबार मनाएको छ ।  शाखाले बिभिन्न कार्यक्रमका गरी उत्सव मनाएको हो ।

शाखले विमित सम्मान तथा मोटरसाईकल र्याली गरी बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवको अवसरमा शाखाले उत्कृष्ट विमाङक रकम गरेका वीमित लालकाजी राई र चुडामणी कार्की लगायत अन्य बिमितहरुलाई सम्मान गरेको थियो ।

नेपालभर ९९ वटा शाखा रहेको सो इन्स्योरेन्सको शाखा गाईघाटले अन्य भन्दा फरक र प्रभावकारी कार्यक्रमका साथ बार्षिकोत्सव मनाएको हो ।

शाखा प्रमुख प्रेम कुमार राईका अनुसार मोटरसाईकल ¥याली गाईघाटदेखि सुरु गरी मोतिगडा– बगाहा–देउरी–जलजले–चुहाडे – राजावास हुदै बोक्से–करमगाछी घुमेर गाईघाट बजारमै टुङग्याएको थियो । वीमाप्रति चासो र जनचेतना फैलाउन र्याली गरिएको हो । पछिल्लो समय एक घर एक वीमा गराउने अवधारणा र सबैलाई विमाप्रति आकर्षित गराउने उद्देश्यका साथ यस्तो कार्यक्रम राखिएको शाखा प्रमुख राईले बताए । जीवन बीमाको महत्व दर्शाउदै प्रमुख राईले अझै पनि बीमाप्रति सकरात्मक सोच नभइसकेकाले सबैलाई जनचेतना जगाउन आवश्यक रहेको बताए । उनले आफ्नो  इन्स्योेरेन्सको तर्फबाट सिर्जनात्मक कार्यक्रम गरी विमा सम्बन्धी सकारात्मक सन्देश फैलाउने प्रयास गरिएको बताए ।

 

कार्यक्रममा कटारी शाखा प्रमुख जीतबहादुर सुनुवार, लहान शाखा प्रमुख डम्वर बहादुर बादी, व्यवसायी प्रबन्धकहरु श्यामचन्द्र राई, खेसबहादुर ज्यु, पुरुषोतम राजधामी, सारदा कुमारी दनुवार, ईश्वर कुमार राई लगायत  व्यवसायीक अधिकृतहरु, सामान्य अभिकर्ताहरु र बीमितहरुको उपस्थित थियो ।