Thursday, May 28News That Matters

नोबेल हस्पिटलको व्यावहारप्रति नागरिक समाजको ध्यानाकर्षण

पूर्णपुष्टि, बैशाख २१ गते । 

विराटनगरको नोबेल हस्पिटलले उदयपुरका विरामीलाई गरेको व्यावहारप्रति नागरिक समाजको ध्यानाकर्षण भएको छ । नोवेल हस्पिटले उदयपुरेबासीहरुमा अमानविय व्यावहार गरेकाले आईतबार एक ध्यानाकर्षण प्रत्र जारी गर्दै नागरिक समाजले ध्यानाकर्षण भएको जनाएको हो ।

स्वास्थ्य सेवा जस्तो अत्यावश्यक सेवा प्रप्त गर्नु प्रत्येक नागरिकको अधिकार भएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।  कोरोनाले निम्त्याएको विसम परिस्थितमा सेवा प्रदायकले नागरीकलाई सहयोग गर्नु पर्नेमा उल्टै अमानविय व्यावहार गरेको उल्लेख छ । नागरीकलाई सेवा सुविधा उपलब्ध गराउने जिम्मा सेवा प्रदायकको भएको जनाइएको छ ।

उदयपुरबासी प्रति घृणा फैलाएको ठहर गर्दै चाँडो भन्दा चाँडो छानविन गरी काडा भन्दा बडा कारबाही गरी विरामीले पाउने स्वास्थ्य उपचार हकको सुनिस्चितता गर्न सरकारवाला निकायलाई ध्यानाकर्षण गरेको छ ।