
उदयपुर, साउन १८ गते ।
सेवाको क्रममा उदयपुरमा आएका एक न्याधिश र तीन सुरक्षा प्रमुखहरुलाई व्याडमिन्टन खेलाडी समूहले शनिबार विहान स्वागत गरेका छन् ।
जिल्ला अदालत उदयपुरमा सरुवा भई आएका न्याधिश दिपक खनाल, जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक बीरबहादुर बुढा मगर, सशस्त्र प्रहरी बल ५ नं गण उदयपुरका सशस्त्र प्रहरी उपरिक्षक गार्धन राई र जिल्ला अनुसन्धान कार्यालय उदयपुरका प्रमुख नागेन्द्र दाहाललाई स्वागत गरेका हुन् ।
बोक्से स्थित कवडहलमा व्याडमिन्टन खेलाडीहरुले फुलमाला र अविर लगाई स्वागत गरेका थिए । त्यसैगरी एक सशस्त्र प्रहरी बल ५ न. गण उदयपुरका अधिकृतलाई विदाई गरिएको थियो । सशस्त्र प्रहरी नायव निरिक्षक साजन खड्कालाई विदाई गरिएको हो । उनलाई मायाको चिनो स्वरुप व्याडमिन्टन भेष्ट प्रदान गरिएको थियो ।