Tuesday, June 30News That Matters

न्युजिल्यान्डमा ७.२ रेक्टरको भूकम्प

पूर्णपुष्टि, फागुन २१

न्युजिल्यान्डमा शक्तिशाली भूकम्प गएको छ । ७.२ रेक्टर स्केलको भूकम्प गएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।

न्युजिल्याण्डको राष्ट्रिय आपतकालीन प्रबन्धन एजेन्सीले शक्तिशाली भूकम्प गएको भन्दै सुनामी आउन सक्ने चेतावनी दिएको छ । एजेन्सीले समुद्री तटमा रहेका व्यक्तिहरुलाई ठाउँ छाड्न आह्वान गरेको  जनाएको छ ।

अमेरिकी भूगर्भ विभागले भने सो भूकम्पको तिव्रता ६.९ म्याग्निच्युड माप गरेको छ । विभागले भूकम्पको केन्द्रविन्दु जिस्बन शहरबाट करिब १ सय ७८ किलोमिटर टाढाको जमिनको गहिराइमा परेको जनाएको छ ।

भूकम्पपछिको क्षति विवरण भने आइसकेको छैन ।