Monday, February 17News That Matters

पक्षघात बिरामीलाई नयाँ जीवन

अस्ट्रेलियाको एक शल्य चिकित्सकको टोलीले पक्षघात भएका मानिसको शरीरमा नसालाई पून जोडी हात र खुट्टाका औँलाहरू चल्नसक्ने बनाएका छन् ।

पून नसा जोडेपछि पक्षघात भएका बिरामीहरूले आफैँ खान सक्ने, ढोकाको ताल्चा खोल्न सक्ने, श्रृङ्गार गर्न सक्ने र कम्प्यूटरमा टाइप समेत गर्न सक्ने टोलीले बताएका हुन् ।

ब्रिसबेनका शल्य चिकित्सक ३६ वर्षीय पल रोबिनसनले यस नयाँ शल्यक्रिया पत्ता लगाई आफुले नसोचेको स्वतन्त्रता पाएको बताएका छन् । विरामीको शल्यक्रियापछि सामान्य मान्छे जस्तो शरिर नभएपनि बिरामीमो सुधार आई जीवन बदल्ने खालको भएको बताएका छन् ।