Thursday, June 18News That Matters

पछिल्लो ४ महिनामा सबैभन्दा बढी चिनबाट वैदेशिक लगानी

पूर्णपुष्टि, कात्तिक २४

चालु आर्थिक वर्षको चार महिनामा चीनले नेपालमा सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को प्रतिवद्धता जानाएको छ ।
यस अवधिमा चीनले नेपालमा १ सय ३२ अमेरिकन डलर लगानी गर्ने प्रतिवद्धता गरेको छ । कोभिड–१९ का कारण पर्यटन क्षेत्र एकदमै प्रभावित भए पनि यस अवधिमा सबैभन्दा बढी एफडीआई प्रतिवद्धता पर्यटन क्षेत्रमा आएको छ ।

केही वर्षयता निरन्तररुपमा चीन नेपालमा प्रत्यक्ष लगानी गर्ने पहिलो मुलुक बन्दै आएको छ । पर्यटन क्षेत्रमा चीनले ८९ मिलियन अमेरिकी डलर लगानी गर्ने प्रतिवद्धता गरेको संचारमाध्यलहरुले जनाएका छन् । जुन चीनले नेपालमा प्रतिवद्धता गरेको एफडीआइएको ६६ प्रतिशत हुन आउँछ ।
यस अवधिमा ब्रिटिश भर्जिन आइल्याण्ड, भारत, ब्रिटेन र मेक्सीकोले पनि लगानीको प्रतिवद्धता गरेका छन् ।