Monday, March 17News That Matters

पञ्चकन्यामा विजुली बत्ति उद्घाटन

पूर्णपुष्टि/उदयपुर, असोज १३ गते ।

उदयपुरको सिमानासंगै जोडिएको खोटाङको बराह पोखरी गाउँपालिका वडा नं २ पञ्चकन्या बजारमा शनिबार विजुली बत्तिको उद्घाटन भएको छ ।

त्रियुगा नगरपालिका १४ बाजगराहबाट पञ्चकन्या बजारको गाउँसम्म ४ किलो मिटर विजुली विस्तार गरी उद्घाटन गरिएको हो ।

संघीय सांसद विशाल भट्टराईले उद्घाटन गरेर बजारका ४० घरमा बत्ति बालिएको हो । यसै आर्थिक वर्षमा विजुली सिधै गापाको केन्द्र पु¥याई वडामा विस्तार गर्ने प्रमुख अतिथि भट्टाईले बताए ।

उनले गाउँको विकास गर्न जनताको साथ सहयोग र निगरानीको महत्वपूर्ण भुमिका रहने बताए । संघिय शासन प्रणलीमा काम गर्न केहि बाधा अवरोध भएपनि जनतालाई दिएको प्रतिबद्धता स्मरण गर्दै भट्टराईले ठगी र बैमानी गर्ने जो कोहीलाई कार्वाहीमा कुनै कसुर नराख्ने प्रतिबद्धता जनाए ।

उदयपुर र खोटाङको विकासका निम्ती कुनै कसुर नराखी जुनसुकै बेला पनि सहकार्य गर्न तयार रहेका उदयपुर क्षेत्र नं १ का प्रदेश सांसद विमल कार्कीले बताए । छिमेकी जिल्लाको निम्ती विकासको काम सडक विस्तार, विजुली विस्तार देखि विभिन्न कार्यमा सहयोग र सहकार्य गरेर काम गर्न तत्पर रहेको कार्कीले बताए । खोटाङका प्रदेश सांसद रामप्रसाद राई (पासाङ) ले पनि विकासमा कुनै कसुर नराख्ने बताए ।

वडाबासीलाई सधै खुसी र सुखी राख्न विभिन्न प्रयासहरु भईरहको र त्यही प्रयासको सफल्ता आज पञ्चकन्या बजारमा छाएको बराह गाउँपालिका अध्यक्ष शालिकराम बन्जराले बताए ।

सांसदीय कोषबाट एक करोड ४० लाख बजेट छुट्टीएकाले गापा केन्द्रसम्म विद्युत पुग्ने लक्ष्य राखेको बन्जराले बताए । गाउँपालिकाले यस आर्थीक वर्षमा ७५ लाख विजुलीको लागि छुट्याएको र कार्यकालमा नयाँ नेपालको अनुभुती गराउनेमा जोड दिएको उनले बताए ।

विजुली नहुदा विभिन्न समस्या भोग्दै आएको बासीन्दाहरु विजुली बत्ति बलेपछि बजार गाउँघरमा खुसीयाली छाएकोे स्थानियबासी मैया श्रेष्ठले बताए ।