
बिकास बस्नेत/काठमाण्डौ
वेलका, जेठ १४ गते
-पञ्चावती सद्भाव समाजको चौथो साधारणसभा मधुरमण आचार्यको अध्यक्षतामा २५ सदस्सीय नयाँ कार्यसमिति चयन गर्दै गत शनिबार सम्पन्न भएको छ ।
उपाध्यक्षहरुमा हिराबहादुर श्रेष्ठ, बिष्णुप्रसाद ढुंगाना, प्रदिपकुमार निरौला, बोधकुमार निरौला, हरिप्रसाद तिम्सिना, पार्वती राउत, अमृतध्वज राई रहेका छन् । महासचिवमा पद्मराज कार्की, सचिव बिष्णुबहादुर खड्का, कोषाध्यक्ष केदारप्रसाद आचार्य रहेका छन् भनेसदस्यहरुमा ओमबहादुर राउत, बिश्वराज ढुंगाना, डिल्लीरमण आचार्य, बिन्दा कोईराला, दिनानाथ दहाल, बालकृष्ण पोखरेल, शंकर खत्री, उद्धव प्रसाद काफ्ले, मिरा भट्टराई, मुकुन्द बहादुर कालिकोटे, जित बहादुर खड्का, लिलाभक्त राउत, दानबहादुर मगर र जगन्नाथ काफ्ले रहेका छन् ।
काठमाण्डौको मध्यबानेश्वर स्थित म्याकडोनाल्ड क्याफेमा ओमबहादुर राउतको अध्यक्षतामा भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त राधारमण उपाध्यायको प्रमुख आतिथ्यता तथा उदयपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सांसद सुरेश कुमार राई (हिमाल) को बिशेष आतिथ्यतामा भएको थियो ।
सभाले समाजका उपाध्यक्ष स्व.चतुरबहादुर राई प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताब पारित गरेको थियो भने समाजका सल्लाहकार तथा प्रतिनिधि सभा निर्वाचन उदयपुर क्षेत्र नं. २ का नेपाली काँग्रेसका उम्मेदवार नारायणबहादुर कार्की माथि भएको बम बिष्फोटको खेद प्रस्ताब पारित गर्दै घाईतेको उपचारको उचित व्यवस्थापन गर्न नेपाल सरकारसँग जोडदार माग समेत गरेको छ ।
सभामा समाजका महासचिव पद्मराज कार्कीले प्रगति प्रतिबेदन तथा कोषाध्यक्ष केदार प्रसाद आचार्यले आर्थिक प्रतिबेदन पेश गर्नुभएको थियो ।
साधारण सभालाई सम्बोधन गर्ने क्रममा सांसद सुरेश कुमार राई (हिमाल) ले निर्वाचनमा जनताले जुन बिश्वास गरेर बिजयी गराउनु भएको छ, त्यसको कदर गर्दै बिकास निर्माणमा लागि रहेको बताउनु भयो । त्यसैगरी अतिथि उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगरले गाउँपालिकाको स्वास्थ्य, शिक्षा, खानेपानी, सडक बिस्तार लगायतका बिकासका निम्ति सम्बन्धित क्षेत्रका सांसद, स्थानिय जनप्रतिनिधिहरु सँग मिलेर गाउँको बिकासमा जोड दिने बताउनु भयो । कार्यक्रमलाई विभिन्न वक्ताहरुले पनि सम्बोधन गर्नुभएको थियो ।