
पूणर्पुष्टि, कार्तिक ३०
पाँचथरमा पटका बाट आगलागी हँुदा १ घर जलेर नष्ट भएको छ । तिहारमा पड्काइएको पटकाबाट आगलागी सुरु भई घर आगलागी भएको थियो । स्थानीय प्रहरी चौकी गोपेटारबाट गएको टोलीले चार घण्टापछि आगो नियन्त्रणमा लिएको पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।
पाँचथरको हिलिहाङ गाउँपालिका-३ पञ्चमीस्थित तुम्बुङका स्थानीय शणर् योङहाङको घर जलेर नष्ट हुँदा ५ लाख बराबरको क्षेती पुगेको पाँचथर प्रहरीले जनाएको छ । .
