
उदयपुर, चैत्र १६ गते ।
देशैभर विभिन्न कार्यक्रम गरि मनाई रहेको नेपाल पत्रकार महासंघको ६४ औँ स्थापना दिवस उदयपुरमा पनि दिप प्रज्वलन गरि मनाइएको छ ।
पत्रकारहरुको उपस्थितिमा गाईघाटको मेनचौकमा ६४ अंकित गरि दिप प्रज्वलन गरिएको थियो । नागरिक समाज र मानब अधिकारकर्मीहरुको समेत उपस्थिति थियो ।
व्यावसायिक र मर्यादित नेपाली पत्रकारितालाई उचाईमा पुरयाउन र पत्रकारहरुको जिबिकोपार्जनको ग्यरेन्टी गर्न राज्यको दायित्व रहेको भन्दै पुरा गर्न माग गरिएको थियो ।