
उदयपुर, पुस ३ गते ।
नेपाल पत्रकार महासंघ शाखा उदयपुरको समन्वय तथा सूचना तथा सञ्चार विभागद्वारा आयोजित घुम्ति शिबिरबाट उदयपुर लगायत आसपासका जिल्लाका पत्रकारहरुले विभिन्न सेवा लिएका छन् ।
दुईदिने शिबिरको पहिलो दिन, नयाँ प्रेस प्रतिनिधि कार्ड–४३ जना, प्रेस प्रतिनिधि कार्ड नविकरण –१३ जना, अध्यक्ष परिचय पत्र – २ जनाले प्राप्त गरेका छन् । त्यस्तै पत्रिकाको स्थायी प्रमाणपत्र –२ वटा, पत्रिकाको अस्थायी प्रमाणपत्र –१ वटा, टेलिफोन सुविधा सिफारिस –३ वटा, अनलाईन नयाँ दर्ता –१ वटा र अनलाईन नविकारण –१ वटा भएको छ ।
महासंघ शाखाको कार्यालयमा सन्चालित शिविरमा सूचना विभागका कर्मचारी टोलीले पत्रकारहरुलाई सेवा उपलब्ध गराएका थिए । सप्तरी, सिरहा, सिन्धुली, ओखलढुंगा, खोटाङ लगायतका पत्रकारहरुले शिविरबाट सेवा लिएका थिए ।