पूर्णपुष्टि, मंसिर २६
प्रेस सेन्टर नेपाल केन्द्रीय कार्य समितिले पत्रकार गजेन्द्र राईको मुद्धामा गम्भीर छलफल गरेको छ । आईतबार प्रमुख अतिथि प्रचण्डको उपस्थितिमा वसेको केन्द्रीय कार्यसमिती पदाधिकारीहरुको बैठकमा पत्रकार राईको मुद्धा ख्यारजीको माग बिषय गम्भीर छलफल भएको छ । बैठकको ४ औँ बुदा शिर्षकमा राईको मुद्धा ख्यारीजी गर्नु पर्ने सरकार सँग माग राखेका छन् । राईको बिषयमा बैठकले भनेका छन्” “पछिल्लो पटक पत्रकार तथा आमसञ्चार माध्यमसँग असम्बन्धित साइबर कानुनलाई जोडेर पत्रकार तथा आमसञ्चार माध्यमलाई प्रहरी प्रशासनले अनावश्यक दुःख दिने तथा धरपकड गर्ने कार्य बढाएको छ ।
यसप्रति यो बैठकको गम्भीर ध्यानाकर्षण भएको छ । सञ्चार माध्यमबाट सम्प्रेषित सामाग्रीप्रति गुनासो भए सम्बन्धित निकायमा जानसक्ने विकल्प हुँदाहुँदै त्यसो नगरी साइबर कानुनमार्फत प्रहरी प्रशासन लगाउने, तर्साउने, थर्काउने, शक्तिको आडम्बर देखाएर पत्रकार तथा सञ्चार माध्यममा त्रास उत्पन्न गर्ने यस्तो कार्यको घोर भत्र्सना गर्दै तत्काल यस्तो काम रोक्न यो बैठक माग गर्दछ । यसै सन्दर्भमा प्रेस सेन्टर नेपालको प्रदेश नं। १ का सचिवसमेत रहनुभएका उदयपुरका पत्रकार गजेन्द्र राईमाथि समाचार लेखेकै आधारमा चलाइएको साइबर अपराध सम्बन्धी मुद्दा तत्काल खारेज गर्न यो बैठक माग गर्दछ । बैठकको ४ औँ बुद्धा शिर्षकमा उल्लेख गरिएको छ । पत्रकार राईलाई अनैतिक सम्बन्धका बिकृति समचार प्रकाशन गरेकै आधारमा प्रहरीले पक्राउ गरी १३ दिन हिरासतमा राखेका थिए । पछि उनलाई ५० हजार धरौटीमा छाडिए पनि अन्तिम फैसाला बाँकीनै रहेको छ । उक्त मुद्धालाई तत्काल ख्यारेज गर्न उक्त बैठकले सरकार सँग माग राखेको हो । प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष बिष्णु सापकोटाको अध्यक्षतामा बसेको उक्त बैठकमा राईको मृद्धा सहित बिभिन्न १३ बुद्धा शिर्षकहरुमा छलफल गरी घोषाणा पत्र तयार पारिएको छ ।
